Logo

आगामी ४८ घन्टामा सूर्यले फ्याँक्नेछ तातो तूफान !

स्तावेज , बैशाख २५ गते मंगलवार २०७५, काठमाण्डौं – आगामी ४८ घन्टामा पृथ्वीसँग सौर्य तूफान ठोक्किने आशंका गरिएको छ । वैज्ञानिकहरूका अनुसार, यसले गर्दा केही समयका लागि ब्ल्याकआउट हुन सक्छ । यो प्राविधिक ब्ल्याकआउट हुनेछ । यसले गर्दा उपग्रहमा आधारित सेवाहरू अर्थात् मोबाइल सिग्नल, केबल नेटवर्क, जीपीएस नेभिगेसन र स्याटेलाइटमा आधारित प्रविधि प्रभावित हुनसक्छ । अनि रेडिएसनको खतरा पनि रहन्छ । 

एक्सप्रेस युकेको रिपोर्टअनुसार, सूर्यमा एउटा कोरोनल प्वाल खुल्नेछ । यसले गर्दा सूर्यबाट भारी मात्रामा ऊर्जा निस्कनेछ । त्यसमा कस्मिक कण पनि रहनेछन् । स्पेस वेदरको एक रिपोर्टमा लेखिएको छ, ‘सोलर डिस्कको लगभग आधी भागलाई काटेर एउटा ठूलो प्वाल बन्नेछ । यसकारण पर्यावरणका तर्फबाट पृथ्वीमा अत्यन्तै तातो हावाको तूफान आउनेछ । नासाका तर्फबाट जारी तस्वीरमा ग्यासको तूफान देख्न पाइन्छ ।’

यो तूफान आएपछि उत्तर र दक्षिणमा चर्को प्रकाश आउने नेसनल ओसन एन्ड अट्मोस्फियर एसोसिएसनले बताएको छ । तर यसलाई जी १ व हलुका सौर्य तूफान भनिएको छ । जी ५ ले मात्र क्षति पुर्याउँछ । 

सौर्य तूफानका सम्बन्धमा स्काईमेटका वैज्ञानिक डा महेश पलावतले कस्मिक पार्टिकलहरू सूर्यबाट धर्ती पुग्दा त्यसको परिणाम गम्भीर हुनसक्ने बताए । जी१ क्याटेगोरीले पावर ग्रिडमा सबभन्दा बढी असर पार्ने उनको भनाइ छ । बसाइँ सरेर उड्ने चराहरूलाई पनि यसले असर पार्नेछ । यो आँधीको व्यापक असर अमेरिका र बेलायतमा बढी पर्ने बताइएको छ ।

              एजेन्सी
 

 

प्रतिक्रिया दिनुहोस्