Logo

घाउ छोप्ने र केही मिनेटमै ठीक पार्ने स्किन प्रिन्टर बन्यो

स्तावेज , बैशाख २५ गते मंगलवार २०७५, काठमाण्डौं – वैज्ञानिक अनुसन्धानकर्ताहरूले घाउ छोप्ने र केही मिनेटमै ठीक पार्ने स्किन प्रिन्टर बनाएका छन् । हलुका र सँगै बोकेर हिँड्न सकिने यो त्रिआयामी (थ्रीडी) स्किन प्रिन्टरले घाउलाई पुर्छ र केही मिनेटमै घाउ निको पार्न कोशिकाहरूको पत्र चढाइदिन्छ । गहिरो घाउ भएका रोगीहरूको छालाका तीन पत्र एपिडर्मिस (बाहिरी पत्र), डर्मिस (बाहिरी पत्र र भित्री पत्रबीचको पत्र) अनि हाइपोडर्मिस (भित्री पत्र) नराम्ररी क्षतिग्रस्त हुन्छन् । 

यस्ता घाउहरूका लागि अहिले गरिने उपचारलाई स्प्लिट थिकनेस स्किन ग्राफ्टिङ (एसटीएसजी) भनिन्छ । यसमा कुनै स्वस्थ व्यक्तिको छालाको एपिडर्मिसको सतह र त्यसमुनिको पत्र डर्मिसका केही भागमा प्रतिरोपण गरिनेछ । ठूला घाउहरूमा यो प्रक्रिया अपनाउनका लागि एकदमै स्वस्थ छाला आवश्यक पर्छ जुन तीनै पत्र पार गर्न सकोस् । यसका लागि पर्याप्त छाला एकदमै मुश्किलले पाइन्छ । यसको ठूलो भागमा पत्र चढ्न पाउँदैन र घाउ भरिँदाको राम्रो परिणाम प्राप्त हुँदैन । 

टोरन्टो विश्वविद्यालयका एक्सेल गुएन्थरका अनुसार, अहिलेसम्मका बायोप्रिन्टर भारी छन् । उनीहरू कम गतिमा काम गर्छन् । तिनीहरू महंगा पनि हुन्छन् । अनुसन्धान टोलीका अनुसार, स्किन प्रिन्टरले यी बाधा पार गर्छ र घाउ भर्ने प्रक्रियामा सुधार ल्याउँछ ।

           एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्