Logo

अफगानिस्तानमा बम आक्रमण, सञ्चारकर्मीसहित ३६ मारिए

स्तावेज , बैशाख १८ गते मंगलवार २०७५,काबुल – अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।  घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् । 

अधिकारीका अनुसार मोटरसाईकलमा आएका आक्रमणकारीले सोमबार बिहान पहिलो बम आक्रमण गरेका थिए । लगत्तै विस्फोटस्थलमा पुगेका स्थानीय र सञ्चारकर्मीलाई लक्षित गरी पहिलो आक्रमणको करिव १५ मिनेटपछि दोस्रो आक्रमण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्