Logo

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

स्तावेज , बैशाख १८ गते मंगलवार २०७५, जाकार्ता – फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।  इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।
विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए ।

“उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भनेका छन् ।  उनले थपे, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छौं किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् ।

  (रासस/एएफपी) 
 

प्रतिक्रिया दिनुहोस्