Logo

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

स्तावेज संवादादाता,बैशाख,१५ गते शनिवार २०७५,रुपन्देही – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ । सम्मेलनको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका छन् । ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकास कोषको सचिवालयले जनाएको छ ।

गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन, श्रीलंका लगायत मुलुकका विश्व विद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन् । सम्मेलनमा विभिन्न देशका बौद्ध विद्दवानहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्र समेत जारी गर्नेछ ।

लुम्बिनी विश्व विद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा. नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचार प्रसार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्