Logo

स्व.ज्ञानेन्द्र बान्तवा स्मृती तथा छैटौं पूर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतियोगीता भोलीबाट सुरु

स्बिन खड्का,दस्तावेज संवादादाता,बैशाख,१३ गते विहिबार २०७५, उदयपुर – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको बोक्से स्थित कबर्ड हलमा भोलि देखी हालै दिबंगत भएका जिल्लाका खेलकुद क्षेत्रमा अग्रिम भूमिकामा रहेका र त्रियुगा नगरपालिका कार्यापालीका का सदस्य स्व.ज्ञानेन्द्र बान्तवाको स्मृति मा १ नम्बर प्रदेश स्तरीय र छैटौँ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतियोगिता सुरु हुने भएको छ ।

त्रियुगा नगरपालिका को प्रायोजनमा र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सहप्रायोजक रहेको आयोजक उदयपुर जिल्ला ब्याडमीन्टन संघका संयोजक दीपक राईले बताउनुभयो । बैसाक १४ र १५ गते हुने खेलको सबै व्यवस्थापन भइसकेको साथै खेलाडीहरूको समेत नामबली आइसकेको र भोलि उदयपुर जिल्लाका प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीले खेलको उद्घाटन गर्ने काय्रक्रम रहेको ब्याडमीन्टन सङ्घका अध्यक्ष राजेश कार्कीले बताउनुभयो ।

ब्याडमीन्टन खेलको लागी प्रदेशबाट जम्मा १४० जना खेलाडीहरू बिच खेल खेलाइने र खेलमा पुरुष सिंगल तथा पुरुष डबल को लागी प्रथम हुने लाई नगद रु.२५०००/- हजारका साथै भेटन्स तर्फका लागी पुरुष प्रथमलाई नगद रु.२००००/– र महिला तर्फ नगद रु.८०००/– पुरुस्कारका साथै मेडल र ट्रफ्री समेत बाट पुरस्कृत गरिने संयोजक दीपक राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्