Logo

मागी गुम्बा समितिले गर्‍यो नेपालकै अग्लो बौद्ध स्तूपा निर्माण सहयोगार्थ विश्व शान्ति पूजाको आयोजना

स्तावेज संवाददाता,बैसाख १२ गते, बुधवार २०७५,काठमाण्डौं – यही बैशाख १० बाट काठमाण्डौंको बौद्धमा  ‘मागी गुम्बा समिति’ पथलैया बाराद्धारा आयोजित विश्व शान्ति पूजा कार्यक्रमको शुभारम्भ गरिएको छ । उक्त अवसरमा १०१ लामाहरुद्धारा पूजापाठ एवं शान्तिको कामना गरिएको छ ।

विश्वमा फैलिंदै गईरहेको चरम अशान्ती र अकाल मृत्यु एवं युद्धको चपेटामा विश्व गुज्रिरहेको परिप्रेक्ष्यमा विश्व शान्ति पूजाको माध्यमद्धारा सिंगो चराचर जगतको रक्षा गर्न सकिन्छ भन्ने ‘बिश्व शान्ति पूजा’को मान्यता रहेको छ ।

नेपालकै अग्लो बौद्ध स्तुपाको निर्माणको लागि आर्थिक संकलन गर्न आयोजना गरिएको विश्व शान्ति पूजाको अवसरमा गुरु शंकराचार्यबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रमख अतिथी टुल्कु पेम्बा दोर्जे ( रेम्बोर्क्षे ),प्रमुख लामा कर्मा गोम्छेन लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थितिमा हुन लागेको उक्त शान्ति पूजा कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

शान्ति पूजाको माध्यमद्धारा निर्माणका लागि तयारी अवस्थामा रहेको स्तूपाको बारेमा जानकारी दिदै मागी गुम्बा समितिद्दारा आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गरिएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र बौद्ध स्तूपामा आयोजना गरिएको पूजामा सहभागि भई स्तूपा निर्माण सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजिवी बर्ग एवं सामाजिक अभियन्तालाई पनि  हार्दिक अपिल गरिएको छ ।

१३ जना सदस्य संख्या रहेको उक्त समितिका अध्यक्ष श्री जोखेमान बल हुनुहुन्छ भने उपाध्यक्षमा श्री गजलाल बाँस्कोटा रहनुभएको छ । सचिव ज्ञान बहादर तामाङ रहनुभएको उक्त संस्थाका कोषाध्यक्ष श्री माया रानी तामाङ रहनुभएको छ । बाँकी ७ जना सदस्यहरु रहेका छन् ।

काठमाडौंको बौद्धमा बैशाख १० देखि १२ सम्म हुने उक्त शान्ति पूजामा लामा गुरु टुल्कु पेमा दोर्जेद्दारा ‘वाङ ‘सहित पूजापाठ गरिने आयोजक समितिका संयोजक श्री ज्ञान बहादुर लामाले बताउनुभयो । शान्ति पूजा कार्यक्रममा देश बिदेशबाट उपस्थित भएका पर्यटकहरुको बाक्लो उपस्थिति रहेको छ । पूजाको समापन बैसाख १२ गते विहिबारका दिन गरिने कार्यक्रम रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्