Logo

रासायनियक अस्त्र विज्ञहरू सिरियाली नगरमा

स्तावेज, बैसाख ९ गते,आइतवार २०७५, काठमाण्डौं – ‍रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन- ओपीसीडब्ल्यूको एउटा टोली शनिवार डुमा नगर पुगेको हो।सो टोलीले त्यहाँ नमुना तथा अन्य वस्तुहरूको संकलन गरेको छ। सिरियाली सरकारी पक्षबाट विद्रोहीहरूको बलियो पकडक्षेत्र मानिएको डुमा नगरमा एप्रिल ७ मा ‘रासायनिक हमला’ गरेको भनिएको जवाफस्वरूप गत शनिबार पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए।

विद्रोहीहरु बाहिरिएपछि अहिले भने डुमा नगर सिरियाली सरकार र रुसको नियन्त्रणमा रहेको छ र दुवै पक्षले त्यस्तो रासायनिक हमला भएको अस्वीकार गर्दै आएका छन्।एउटा प्रेस विज्ञप्ति जारी गर्दै ओपीसीडब्ल्यूले उसको टोलीले एप्रिल ७ मा बमबारी गरिएको भनिएको दुई स्थानमध्ये एक स्थानको भ्रमण गरेको छ।

नाम नखुलाइएको ‍ती नमुना विश्लेषण हेगको बाहिरी भेगमा रहेको ओपीसीडब्ल्यूको प्रयोगशालामा पठाइने अनि त्यसपछि निश्चित प्रयोगशालाहरूमा नमुना जाँच तथा विश्लेषण हुने ओपीसीडब्ल्यूले जनाएको छ। अन्य सूचना तथा ‘सामग्रीहरू’ पनि अनुगमनकर्ताहरूले संकलन गरेको सो संगठनले बताएको छ।आईटिभीका एक संवाददाताले अनुगमनकर्ताको टोली दमास्कस फर्किएको दृश्य खिचेका छन्।

ओपीसीडब्ल्यूको नौ सदस्यीय टोलीले डुमा नगरभित्र पहुँच पाउने अनुमति प्राप्त गर्नका लागि एक हप्तादेखि राजधानी दमास्कसमा प्रतीक्षा गरिरहेको थियो।

सिरिया

अनुगमनकर्ताहरुको सो टोलीले बुधबार नै डुमा नगरमा प्रवेश पाउने भनिएको थियो। तर जोखिम आकलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय एक टोलीमाथि स्थलगत जाँच गर्ने क्रममा गोली प्रहार भएपछि अनुगमनकर्ताहरुको भ्रमण पछाडि धकेलिन पुगेको हो।

विद्रोहीहरूकै पकडमा रहेका बेला डुमामा रासायनिक हमला हुँदा ४० भन्दा धेरै मानिसको ज्यान गएको बताइएको छ। रासायनिक हमला भएको पुष्टि गर्ने ‘फोरेन्सिक’ प्रमाण मेटाउने प्रयास भएको आशंकाहरू आइरहँदा विदेशी पत्रकारहरूले भने डुमा नगरको भ्रमण गरिसकेका छन्। एक विज्ञप्तिमा रुसी विदेश मन्त्रालयले रासायनिक हमला भएका भनिएका स्थानहरूको भ्रमण गर्न ओपीसीडब्ल्यू आफैँले यति लामो समय लगाएको आरोप लगाएको छ।

‘अधिकतम निष्पक्षता साथ छानबिन हुनुपर्ने’ तथा जतिसक्दो छिटो ‘वस्तुपरक प्रतिवेदन’ सार्वजनिक गर्न पनि रुसी मन्त्रलायले आव्हाहान गरेको छ।

प्रतिक्रिया दिनुहोस्