Logo

पूर्वगृहमन्त्री जनार्दन शर्मा १५ टुहुरा बालबालिकाका अभिभावक

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, रुकुम –  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।  ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । 

पूर्वमन्त्री शर्माले बालबालिकालाई विध्यालय भर्ना गर्नाका साथै निःशुल्क विध्यालयपोशाकसमेत प्रदान गरेका थिए । आठविसकोट नगरपालिका वडा नं ९ मा रहेको सिस्ने हिमाल बालगृह र दीपज्योति आधारभूत विध्यालयमा १५ जना बालबालिकालाई भर्ना तथा पोशाक प्रदान गरेर उनले अभिभावकत्व ग्रहण गरेका हुन्। 

अभिभावकीय जिम्मेवारी लिँदै उनले गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको संख्या बढ्दै गएको बताए । राज्यले प्रदान गर्ने सेवा सुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने मान्यता स्थापित गर्न आफूले टुहुरा बालबालिकाको जिम्मा लिएको पनि उनले बताए। विध्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्वमन्त्री शर्माले स्थानीय तहहरुसँग आग्रह गरे । 

आमा बुबा नभएर संरक्षकविहीन भएका बालबालिका नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, सुशीला चनारा, पूर्णिमा शाही, रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, विनीता सार्की, जीवन बटाला र तिलक बटालाको अभिभावकत्व उनले लिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्