Logo

बुहारीलाई निर्घात कुटपिट गरेको आरोपमा मुकुन्दे प्रहरी खोरमा

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, मोरङ –  रत्नपार्कको हिरो मुकुन्देलाइ प्रहरीले पक्राउ गरेको छ । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन ।

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा घर बनाएर बस्दै आएका थिए ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्