Logo

नेपालकै अग्लो बौद्ध स्तूपा निर्माण सहयोगार्थ विश्व शान्ति पूजाको आयोजना

स्तावेज संवाददाता,बैसाख ६ गते, बिहिवार २०७५,काठमाण्डौं– ‘मागी गुम्बा समिति’ रौतहटको पहलमा रौतहट जिल्लाको गैडाटारमा १३२ फिट उचाई ३५० x ३५० फैलिएर रहेको नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गरिने भएको छ ।

उक्त कार्यको लागि संस्थाले आज रिपोटर्स क्लब काठमाण्डौंमा एक प्रेस बिज्ञप्ति जारी गरी संस्थाको कार्ययोजना सार्वजनिक गरेको छ । यसका साथै स्तुपा निर्माणको लागि आर्थिक संकलन गर्न आगामी १० देखि १२ गतेसम्म बिश्व शान्ति पूजाको आयोजना गरिने बताएको छ ।

कार्यक्रममा बोल्दै बिश्व शान्ति पूजा मूल समारोह समितिका उपाध्यक्ष श्री गजलाल बाँस्कोटाले धर्म भनेको जो कोहिको स्वतन्त्रता हो । स्वेच्छ्याले मान्न पाउनुपर्ने धर्मलाई कसैलेपनि आफ्नो स्वार्थ सिद्धिको साधन बनाउन नहुने सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो ।

पत्रकार सम्मेलनमा निर्माणका लागि तयारी अवस्थामा रहेको स्तूपाको बारेमा जानकारी दिदै मागी गुम्बा समितिद्दारा आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गरिएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र बौद्ध स्तूपामा आयोजना गरिएको पूजामा सहभागि भई स्तूपा निर्माण सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजिवी बर्ग एवं सामाजिक अभियन्तालाई हार्दिक अपिल गरिएको छ ।

१३ जना सदस्य संख्या रहेको उक्त समितिका अध्यक्ष श्री जोखेमान बल हुनुहुन्छ भने उपाध्यक्षमा श्री गजलाल बाँस्कोटा रहनुभएको छ । सचिव ज्ञान बहादर तामाङ रहनुभएको उक्त संस्थाका कोषाध्यक्ष श्री माया रानी तामाङ रहनुभएको छ । बाँकी ७ जना सदस्यहरु रहेका छन् । काठमाडौंको बौद्धमा बैशाख १० देखि १२ सम्म हुने उक्त शान्ति पूजामा लामा गुरु टुल्कु पेमा दोर्जेद्वारा ‘वाङ ‘सहित पूजापाठ गरिने आयोजक समितिका संयोजक श्री ज्ञान बहादुर लामाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्