Logo

न्यायालयबाट नक्कली फैसला भएको भन्ने समाचारप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाडौं- सर्वोच्च अदालतले नक्कली फैसला बनाएको भनि विभिन्न समाचार माध्याममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नक्कली फैसला र आदेश भएको भन्दै आएका सूचनामा सर्वोच्च अदालतले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

सर्वोच्च अदालतले बुधबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलन मार्फत नक्कली फैसला बनाउने, कैदी बन्दीलाई छोडिदिन नक्कली परिपत्र बनाउने लगायतको काम गरिएको भनि आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

काठमाडौं, ललितपुर लगायतका जिल्ला र उच्च अदालतबाट भएको फैसला भन्दै नक्कली फैसलाहरु विभिन्न दूतावासमा पेश भएकोप्रति पनि अदालतले थप अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न भनेको छ। यस्ता फैसला र आदेशले न्यायलयको स्वतन्त्रता र स्वच्छतामा असर पर्ने समेत सर्वोच्चले ठहर गरेको छ।

सर्वोच्चका सहायक प्रवक्ता महेन्द्रप्रसाद कालाखेतीले अदालतजस्तो  संवेदनशील निकायको फैसला तथा कागजात नक्कली बनाउने कार्यको अनुसन्धान गरी सम्बन्धित संस्थालाई कडा कार्वाही गर्न पनि निर्देशन दिइएको जानकारी दिए ।

सर्वोच्चले नक्कली फैसला बनाउने जस्ता अक्षम अपराध आफूहरुलाई सैह्य नहुने चेतावनी पनि दिएको छ । बुधबार सर्वोच्चमा १ सय ८४ था मुद्दा पेशी चढेकोमा १८ थान मुद्दा फैसला गरिएको पनि जानकारी दिइएको छ । सहायक प्रवक्ता कालाखेतीले कतिपय मुद्दा भने समय अभावका कारण पनि हेर्न नसकिने अवस्था आउने गरेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्