Logo

उत्तर कोरियाले अपहरण गरेकी नायिकाको मृत्यु

 स्तावेज, बैसाख ४ गते मंगलबार २०७५, काठमाण्डौं – एक पटक उत्तर कोरियाको अपहरणमा परेकी दक्षिण कोरियाली नायिकाको ९१ वर्षको उमेरमा निधन भएको छ । चोई इउन ही दक्षिण कोरियाकी निकै चर्चित नायिका थिइन् जब उनलाई किम जोंग इलले सन् १९७० को दशकमा अपहरणका लागि आदेश दिए  । उनलाई जबर्जस्ती उत्तर कोरियाका लागि फिल्म बनाउन लगाइन्थ्यो ।

उनका फिल्म निर्देशक पूर्व श्रीमानलाई पनि केही महिनापछि अपहरण गरिएको थियो । यद्यपी, ती दुई पछि भाग्न सफल भए ।यद्धपी , उत्तर कोरियाले यो जोडीलाई अपहरण गरेको भनी कहिले स्विकार गरेन । यी दुईले उत्तर कोरियामा शरण लिएको बताइयो ।चोईको गत सोमबार दक्षिण कोरियाको एक अस्पतालमा मृत्यु भयो । यसबारे उनका जेठो छोरा, फिल्म निर्देशक सिन जियोङ ग्यूनले योनह्यापलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्