Logo

११ वर्षीय बालकको अपहरणगरी हत्या गर्नेलाई ३१ वर्ष जेल सजाय

 स्तावेज, बैसाख ४ गते मंगलबार २०७५, महोत्तरी–महोत्तरी जिल्ला अदालतले बालक अपहरण गरी हत्या गर्ने दुईजनालाई ३१–३१ वर्षको जेल सजाय सुनाएको छ । जलेश्वरका पप्पु यादव र गोविन्दकुमार मिश्रलाई बालकको अपहरणपछि हत्या गरेको पुष्टि भएकाले अदालतले ३१–३१ वर्षको जेल सजाय सुनाएको छ । साथै दुवैलाई जनही १६ लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको छ ।

जलेश्वर –२ का शिवम चौधरीलाई ११ वर्ष कैद र १६ लाख क्षतिपूर्ति तिनुपर्ने सजाय सुनाएको हो । उनीहरुले २०७२ साल पुस ३० गते जलेश्वरका ११ वर्षीय निश्चल पाण्डेको अपहरणपछि हत्या गरेको पुष्टि भएको अदालतका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्