Logo

अमेरिकाबाट निस्कने पत्रिका ‘डेनभर पोस्ट’जोखिममा, बचाउन कम्पनीविरुद्ध पत्रकारको विद्रोह

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,काठमाडौँ – अमेरिकाबाट निस्कने एक दैनिक अखबार बचाउन पत्रकारहरूले विद्रोह गरेका छन् । उनीहरूले सके राम्रोसँग चलाउन नसके राम्रोसँग चलाउन सक्ने कम्पनीलाई बेच्न माग गरेका छन् । अमेरिकाको कोलोराडो राज्यमा १२५ वर्षदेखि प्रकाशनमा रहेको दैनिक पत्रिका डेनभर पोस्ट घाटामा जान थालेको भन्दै कम्पनीले कर्मचारीहरुलाई निष्कासन गर्ने र अखबार बेच्ने रणनीति बनाएपछि सम्पादकीय टिमसहित संलग्न सबै पत्रकारहरुले विद्रोह गरेका हुन् ।

डेनभर पोस्टको लगानीकर्ता कम्पनी एल्डन ग्लोबल क्यापिटल हो । सन् २०१३ मा पत्रिकामा १४४ जना पत्रकारहरुसहित २५० भन्दा बढी कार्यरत थिए । तर, अहिले त्यो संख्या ७० को हाराहारीमा छ । आगामी जुलाईमा ३० जनाले छुट्टी पाउँदैछन् । डेनभर पोस्ट अहिले हरेक दिन एक लाख ७० हजारको हाराहारीमा बिक्री हुने बताइन्छ । यो अखबारले अहिलेसम्म नौवटा पुलित्जर पुरस्कार जितेको छ ।

प्रतिक्रिया दिनुहोस्