Logo

काँग्रेस नेता खुमबहादुर खड्काको अस्तु बबइ नदीमा सेलाइयो

दाङ – नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको अस्तु बबइ नदीमा सेलाइएको छ। मंगलबार नेपाली कांग्रेस दाङले धर्ना धारापानीस्थित बब नदीमा पुगेर अस्तु सेलाएको हो। कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थितिमा काठमाडौँबाट ल्याइएको अस्तु सेलाइएको थियो।

खड्काको १२ दिनको पूण्यतिथिमा अस्तु सेलाइएको कांग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले बताए। कांग्रेसले बुधबार दाङमा खड्काको १३ दिनको पुण्यतिथिमा कांग्रेस दाङले उनको गृहगाउँ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्