Logo

नक्कली प्रेमले पुर्यायो मुम्बईको कोठिमा

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,काठमाडौँ – नक्कली प्रेममा अन्धो भएर माया जालमा फस्दा एक २४ बर्षिय यवतीले काल कोठरीमा बेचिनुपरेको तथ्य हालसालै सार्बजनिक भएको छ । सुराकीको आधारमा भारतको आगरा काश्मिरी बजारमा रहेको एक कोठीबाट नुवाकोटकी एक युवतीलाई ४ अप्रिलका दिन उद्धार गरिएको थियो । आगरास्थित कोठीबाट उद्धार भएकी युवतीले आफू करिब तीन वर्षअघि युवकको मायाजालमा फस्दा कोठीमा बेचिएको बयान भारतीय प्रहरी समक्ष दिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिएका छन् ।

‘उद्धार भएका अन्य महिलाले पनि सानै उमेरमा दलालको माया जालमा फसेर भारतीय कोठीमा बेचिएको बयान दिएका छन्,’ कोइरालाले भने,‘यसले प्रेम जालमा परेर नेपाली यूवतीलाई भारतीय कोठीमा बेच्ने गिरोह सक्रिय रहेको तथ्य खुलेको छ ।’ भारतीय प्रहरीको सहयोगमा माइती नेपालको टोलीले ५ जना नेपालीसहित ४ जना भारतीय महिलाको पनि उद्धार गरेको कोइरालाले बताए ।
कोठी सञ्चालकविरुद्ध अदालतमा मुद्धा दायर

उद्धार भएका युवतीहरुमा सिन्धुपाल्चोक र नुवाकोटका दुई/दुई, र धादिङको एकजना रहेका छन् । अवैध रुपमा कोठी सञ्चालन गर्दै आएकी प्रिया दीपलाई नियन्त्रणमा लिएर आगरास्थित सिभिल कोर्टमा मुद्धा दायर गरिसकेको कोइरालाले बताए । बयानका लागि कोर्टमा हाजिर हुनुपर्ने भएकोले केही दिनका लागि आगरास्थित सेल्टरमा राखिएको उनले बताए । युवतिहरुलाई चाँडै नेपाल ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्