Logo

दुर्लभ कृष्णसार शिकारको मुद्दामा सलमान खानलाई जेल

स्तावेज , चैत २२ गते बिहिवार ,२०७४,जोधपुर – भारतको एउटा अदालतले वलिवूडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको शिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ।

जोधपुरको सीजेएम अदालतले उक्त अभियोग लागेका अन्य चार अभिनेताहरू सेफ अली खान, अभिनेत्री तब्बु, नीलम र सोनाली बेन्द्रेलाई भने निर्दोष साबित गरेको छ । सलमानलाई अदालतले वन्यजन्तु सरंक्षण कानुनअन्तर्गत दोषी ठहर गरेको हो । मुद्दाको फैसला सुनाउँदा सबै आरोपी अदालतमा उपस्थित थिए । मुख्य न्यायिक मेजिस्ट्रेट देवकुमार खत्रीले यस सम्बन्धमा २९ मार्चमा मुद्दाको सुनवाइ पूरा गर्दै फैसला सुरक्षित राखेका थिए ।

सलमानमाथि जोधपुर नजिकै कट कणकणी गाउँमा दुई कृष्णसार (कालो हरिण)को शिकार गरेको आरोप थियो । यो घटना ‘हम साथ साथ है’ फिल्मको छायांकनका क्रममा २ अक्टोबर १९९८ मा भएको हो । खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए। बीस वर्ष पुरानो मुद्दामा भारतको जोधपुर अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर्याउँदै पाँच वर्षको जेलसजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन् । खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन्  २०१५ मा छुटकारा पाएका थिए । जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो।

सन् १९९८ मा ‘हम साथ साथ हें’ चलचित्रको छायाङ्कनका बेला दुर्लभ कृष्णसारको शिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको थियो। यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए।

प्रतिक्रिया दिनुहोस्