Logo

आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबा पक्राउ

स्तावेज , चैत २१ गते बुधवार ,२०७४,पाँचथर-आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।पाँचथरका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पारेर करणी गर्दै आएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए। उनलाई मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडित बालिकालाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्