Logo

ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या

स्तावेज संवाददाता, चैत १९ गते सोमवार,२०७४,काठमाडौं – वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारत अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । वीर अस्पतालकै ट्रमा सेन्टरको छैटौं तलाबाट हामफालेर उनले आत्महत्या गरेका हुन् । ५२ वर्षे अमेरिकी नागरिक जोन प्रान्कले आइतबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विभागको नियन्त्रणमा रहेका जोनले हिरासतमै आत्महत्याको प्रयास गरेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको थियो । आइतबार शौचालय गएका जोन एक्कासी छैटौं तलामा पुगेर त्यहीबाट हाम फालेका थिए । उनको घटनास्थलमै मृत्यु भएको काठमाडौं प्रहरीले  जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्