Logo

सामाजिक सञ्जाल नेपाली बाजे फेसबुक ग्रुपको रक्तदान कार्यक्रम सम्पन्न

ज्याक खड्का,दस्तावेज संवाददाता, चैत १० गते शनिवार,२०७४,पोखरा,कास्की – सामाजिक सञ्जालमा सक्रिय नेपाली बाजे नामक फेसबुक ग्रुपले बिहीबार पोखराको सृजना चोकमा रेडक्रस जिल्ला शाखा पोखराको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको अध्यक्षतामा ग्रुपका संयोजक आशिष तिमल्सिना,प्रमुख अतिथिमा ग्रुपका सह संयोजक बिन्दु वाग्ले, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरा टेक्निसियन धुर्बमणि लामिछाने लगायत अन्य साथीहरूको उपस्थिति रहेको थियो। “रक्तदान ,जिवनदान” भन्ने मूल नाराको साथमा उल्लेखनीय ग्रुप सदस्यहरू बाट रगत दान गर्नु भएको थियो।

देशमा बढ्दै गएको रगतको अभाव लाई मध्यनजर गर्दै यश कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तिमल्सिनाले बताए। सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सकिए,युवाको जमात मिलेर देशमा आई पर्ने जस्तो सुकै समस्यामा पनि पहल गर्न सकिने र यस्ता सामाजिक कार्यहरू बाट युवाहरूलाई भविष्यमा काम गर्ने प्रेरणा मिल्ने, कार्यक्रमका प्रमुख अतिथि बिन्दु वाग्लेले बताइन।

नेपाली बाजे ग्रुपले यस अघि विभिन्न आश्रम,संघसंस्थाहरुमा सहयोग लगायत दर्जनौँ सामाजिक सचेतना मूलक कार्यक्रमहरू आयोजना गरिएको ग्रुपका एड्मिन राजन सिग्देल ले जानकारी दिए। कार्यक्रममा ४० भन्दा बढी रक्तदाताहरुले आफ्नो रगत दान गर्नु भएको कार्यक्रमका सञ्चालक मुना मदन ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्