Logo

मुसिकोटका विध्यार्थीद्दारा फोन गरेर भात पकाउन आदेश दिने उपकरणको आविष्कार

 दस्तावेज संवाददाता, चैत १० गते शनिवार,२०७४,काठमाण्डौं –फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर रुकुम (पश्चिम) का एक विध्यार्थीले मोबाइलबाट फोन गरेर राइस कुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् । सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने गरेका छन् ।

दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् । दुई वर्षअघि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यस्तो उपकरण बनाएको ओलीले बताए । सानैदेखि विज्ञानमा रुचि भएका ओलीले अहिलेसम्म ४० वटा आविस्कार गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्