Logo

बहुप्रतिक्षित चलचित्र ‘भैरे’ मा दयाहाङ राई र सुरक्षा पन्तको रोमान्स

स्तावेज, चैत्र ७ गते बुधवार, २०७४, काठमाण्डौं – जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको  निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र “भैरे”को अत्यन्त मन छुने गीत “सनम माया लाको” बोलको गीतको पोस्टर सार्वजनिक भएको  छ । 

 चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, नेपाली साङ्गीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक यम बरालको स्वर संगीत रहेको उक्त गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् भने सम्पादन बबी शाहको रहेको छ । सुन्दर प्रकृतिको अनमोल संयोजनका साथै नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’को गीत “सनम माया लाको” दर्शकहरूको ब्यग्र प्रतीक्षाका वावजूद सार्वजनिक हुन लागेको हो । उक्त रोमान्टिक गीतमा नायक दयाहाङ राई र सुरक्षा पन्तले खुलेर रोमान्स गरेका छन् ।

दर्शकमा राम्रो क्रेज छोड्न सफल चर्चित नायक दयाहाङ राई तथा नायिका सुरक्षा पन्त अभिनित चलचित्र ‘भैरे’को अधिकांश सुटिङ जोमसोममा गरिएको र बाँकी पोखरा र अन्य ठाउँमा गरिएको छ । चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो ।

दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गरेका छन् भने सुरक्षा पन्त उनको जोडीका रूपमा देखिएकी छिन् । प्राप्त जानकारी अनुसार चैत्र १३ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त गीतको भव्यतापूर्वक सार्वजनिक गरिनेछ ।  नायक दयाहाङ राई र नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्रको पोस्टरमा पनि यी दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । 

चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरद्धारा निर्मित, निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

  Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्