Logo

क्यान्सर अस्पतालका कानुनी अधिकृतमाथि डिजेल छर्केर आगो लगाउने प्रयास

                   जिउँदै आगो लगाउने प्रयास गरिएका अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटा

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,चितवन – चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्किएर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान करिब ९ बजेको समयमा भरतपुरको माछापुछ्रे चोक नजिकै आगो लगाउने प्रयास भएको सापकोटाको भनाइ। मोटरसाइकलमा विहान भरतपुरको कटरचोबाट घरजाने क्रममा २ वटा मोटरसाइकलमा आएका ४ जनाले आफुलाई रोकेर कुटपिट समेत गरी डिजेल छर्किएर आगो लगाउन खोज्दा आफू भागेर जोगिएको सापकोटाले बताए।

सो घटनामा प्रयोग गरिएको अस्फावेट नखुलेको ८२९४ नम्बरको एउटा निलो पल्सर मोटरसाईकल रहेको खुलेको र संलग्नहरुको खोजी भइरहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको र आफु भागेर ज्यान जोगाउन सफल भएको उनको भनाइ उधृत गर्दै चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। घटनास्लमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अस्पतालको आन्तरिक व्यवस्थापन सम्बन्धी विषय लेखेर छाडिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्