Logo

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएको खुलासा !

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,भैरहवा – आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ । मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँको टिकट तय गरेको छ ।

फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच गर्दा नक्कली भएको खुलेको हो । आजको अन्नपूर्ण पोस्टले छापेको छ । समाचारमा भनिएको छ, कोषका कर्मचारी, टिकट जाँच गर्ने सुरक्षा निकायको मिलेमतोमा नक्कली टिकटबाट पर्यटक मायादेवी मन्दिरमा प्रवेश गर्दै आएको स्थानीयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्