Logo

आगलागीमा जल्यो ३ तोला सुन र तिस तोला चाँदी

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,मोरङ  (उर्लाबारी) : सुनबर्सी नगरपालिका-९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करिब चार लाख क्षति भएको छ।  साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उनको ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदी समेत जल्दा चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ। आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्