Logo

‘वलात्कार’ गरिरहेकै अवस्थामा समातिए चालक र सहचालक

स्तावेज,चैत्र ३ गते शनिवार ,२०७४,सप्तरी  — काठमाडौं जान माइक्रोबसमा ‘लिफ्ट’ मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् ।सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाण्डौ चल्ने वा५प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१७ वर्षीया युवतीले पूर्व जानका लागि सप्तरी सदरमुकाम राजविराजमा लिप्ट मागेकी थिइन् । बस स्टाफले माइक्रोमा हालेर नेपाल/भारत सीमा क्षेत्र नजिक छिन्नमस्ताको सखडा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर–९ घर भएका चालक वैध्यनाथ दास र बाँकेको राप्तीसोनारी–५ का खेमराज बैसे पक्राउ परेका छन् । मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको प्रहरी टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार दुवैजनाविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको छ । पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको सेफ हाउसमा राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुहोस्