Logo

फेसबुकमा अर्को दुर्घटना : घरमै सुतिरहेकाहरु र प्लेन जिन्दगीमा नचढेकाहरुले समेत मार्क गरे ‘आइ एम सेफ’

स्तावेज,फाल्गुण २९ गते मंगलवार, २०७४,काठमाडौं – २६ वर्षअघि पाकिस्तानी एयरलाइन्सको विमान दुर्घटना भए यता नेपालमा कुनै अन्तर्राष्ट्रिय उडान दुर्घटना भएको थिएन। सोमबार हाम्रो लागि दुःखद दिन थियो। युएस बांग्ला एयरको विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भयो। गुड्ने गाडीका यात्रु दुर्घटनामा यसरी मृत्यु भएको भए यति धेरै चर्चा र विश्वभरबाट चासोका साथ हेरिन्न थियो। विमानस्थलमै यो दुर्घटना भएसँगै फेसबुकमा अर्को दुर्घटना पनि भयो।

फेसबुकले विमान दुर्घटनापछि Crisis Response खुला गर्‍यो जसअन्तर्गत काठमाडौँ लोकेसन भएकाहरुलाई The Plane Crash in Kathmandu, Nepal शीर्षकमा आइ एम सेफ (म सुरक्षित छु) र डज नट अप्लाई टु मि (ममा लागू हुन्न) दुई वटा विकल्प छान्न दिइएको थियो। पहिलो त यो भूकम्प, बाढीपहिरो जस्तो संकट नै हैन। यसमा क्राइसिस रेस्पन्स खुला गर्न जरुरी थिएन। विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए। ७१ जना चढेको विमान दुर्घटना हुँदा क्राइसिस रेस्पन्स खुला गर्न जरुरी थिएन।

तर फेसबुकले गरिदियो, र दुर्घटना भयो। घरमै सुतिरहेकाहरु, प्लेन जिन्दगीमा नचढेकाहरुले समेत फेसबुकमा आइ एम सेफ भन्दै मार्क गरेको नोटिफिकेसन धमाधम आउन थाल्यो। तपाईँहरुमध्ये धेरैले पनि हेर्नुभयो होला।

जो विमान दुर्घटना भएको विमानस्थल वरपर समेत छैन। जो काठमाडौँमै छैन। उनीहरुले समेत म सुरक्षित छु लेखेको हेर्नु पर्‍यो। खासमा फेसबुकको नोटिफिकेसन राम्रोसित नपढ्दा यस्तो भएको हो। राम्रोसँग पढेको भए आइ एम सेफ (म सुरक्षित छु) र डज नट अप्लाई टु मि (ममा लागू हुन्न) को अर्थ बुझ्नु पर्ने हो। नबुझेपछि यस्तो भयो। तपाईँको फेसबुकका साथीहरु मध्ये कसले के भनेर मार्क गरे त? यहाँ क्लिक गरी हेर्नुस्

साभार ,मेरो संसार

प्रतिक्रिया दिनुहोस्