Logo

भैरेको शिर्ष गीत उत्कृष्ट रहेको दर्शकहरुको दाबी, छापा पत्रिका र सामाजिक सञ्जाल “भैरे”मय बन्दै

                                                      हेर्नहोस् भिडियो

स्तावेज,फाल्गुण २७ गते आइतबार ,२०७४,काठमाण्डौं – छायाङ्कन अवधि देखिनै अत्यधिक चर्चा परिचर्चाको शिखरमा रहेको चलचित्र “भैरे”को सान्नानीलाई भेट्न आउँदा ………….बोलको शीर्ष गीत उत्कृष्ट भएको समाचार छापा माध्यम पत्र पत्रिका,अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा भाईरल बनेको छ । जेठ १८ लाई लक्षित गरी प्रदर्शन मिति तय गरिएको चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराद्धारा निर्देशित चलचित्र भैरेको उक्त गीत गत फाल्गुण २५ गते एक विशेष समारोहको आयोजना गरी भव्यतापूर्वक सार्वजनिक गरिएको थियो । गीत रिलिज हुनासाथ देश विदेशबाट “सान्नानीलाई भेट्न आउँदा……” बोलको गीत हेर्ने,शेयर गर्ने एवं अत्यधिक रूपमा युट्युबमा प्रतिक्रिया दिनेको लहर नै चलेको छ । अधिकांश दर्शकहरूले सान्ननीलाई भेट्न आउँदा बोलको गीतले युट्युबमा एकछत्र राजगर्ने प्रतिक्रिया दिएका छन् । समग्रमा गीत नेपाली चलचित्रका उत्कृष्ट भएको दाबी गरिएको छ । बालकदेखि वृद्धसम्म चलचित्र “भैरे” को थेगो जय भैरे ! अलाप्न थालेका छन् ।

स्थानीय लोक भाका एवं ग्रामीण नेपाली परिवेशलाई समेटेर तयार पारिएको अत्यन्त रोमान्टिक लोक दोहोरी गीतमा चर्चित नायक बिक्रान्त बस्नेत,बुद्धि तामाङ (हैट ) वर्षा शिवाकोटीले खुलेर रोमान्स गरेका छन् । चलचित्र ‘भैरे’ को गीतमा शब्द र संगीत,वसन्त सापकोटा, स्वर,यम बराल र वसन्त सापकोटा र मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडियो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ (हैट)को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन निकै स्तरिय बनेको छ । चलचित्रलाई थप आकर्षक बनाउन नयाँ कन्सेप्ट तयार गरी नृत्य निर्देशक गहतराजले सयौँ दर्जनौँ कोरस कलाकारलाई सहभागी गराई कलात्मक पाराले पर्दामा उतारेका छन्। छायाँकार पुरुषोत्तम प्रधानले पनि अत्याधुनिक प्रविधिको सहयोग लिएर भिडियोलाई उत्कृष्ट रूप दिएका छन्।

चलचित्र भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्