Logo

यी बालिकाको आँखाबाट निस्कन्छन् कमिला, चिकित्सकहरू अचम्ममा

स्तावेज,फाल्गुण २४ गते बिहिवार ,२०७४,काठमाण्डौं  – भारतको कर्नाटकस्थित दक्षिण कन्नड जिल्लामा अचम्मको घटना सार्वजनिक भएको छ । त्यहाँ ११ वर्षीया एक बालिकाको देब्रे आँखाबाट लगातार मरेका कमिला निस्किरहेका छन् ।

ती बालिका विगत १० दिनदेखि विचित्र रोगबाट पीडित छिन् र चिकित्सकले पनि यो किन भइरहेको हो बुझ्न सकेका छैनन् ।

अश्विनी नामक बालिकाको आँखाबाट अहिलेसम्म ६० वटा कमिला निस्किसकेका छन् । यसैले गर्दा अश्विनीलाई पीडा र पोल्ने समस्या भएको छ । उनको आँखाबाट पानी पनि बगिरहन्छ ।

पहिला त उनका मातापिताले उनलाई एक ज्योतिषीकहाँ लगे । ज्योतिषीले उनको परिवार नागदोषबाट पीडित भएको बताए ।

तर पछि चिकित्सकहरूले बताए, ‘अश्विनी सुत्दाखेरी उनको कानबाट कमिला छिर्छन् र आँखाबाट निस्कन्छन् ।’ चिकित्सकहरूले अश्विनीको आँखामा आईड्रप हालेपनि समस्या जस्ताको तस्तै छ ।

प्रतिक्रिया दिनुहोस्