Logo

राष्ट्रपति राष्ट्रपति विध्यादेवी भण्डारीद्दारा महिला अधिकार सुनिश्चित गर्न एकीकृत पहल गर्नुपर्नेमा जोड

स्तावेज,फाल्गुण २४ गते ,बिहिवार ,२०७४,काठमाण्डौं – राष्ट्रपति विध्यादेवी भण्डारीले महिलाको हक अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।

 

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यकतामा पनि भण्डारीले जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्