Logo

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

        दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गेउन हाइ , तस्बिर –  एजेन्सी

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,सोल, कोरिया – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी छन् । उनले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । त्यस मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उनलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् ।

प्रतिक्रिया दिनुहोस्