Logo

प्रहरीको इन्सपेक्टर भएको बताउँदै ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ

स्तावेज,फाल्गुण १२ गते, शनिबार,२०७४,काठमाण्डौं – नेपाल प्रहरीको इन्सपेक्टर भएको बताउँदै ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ४१ वर्षिय पुष्प श्रेष्ठलाई पक्राउ गरेको हो। 

बिहिबार प्रहरी वृत्तभित्रै उनी पक्राउ परेका हुन्। प्रहरी रिपोर्ट लिन गएका सर्वसाधरणलाई उनले आफू इन्सपेक्टर भएको भन्दै सहयोग गरिदिने बहानामा पैसा मागेका थिए। 

चालचलन शाखामा कार्यरत प्रहरीले सोधपुछ गर्दा उनले आफु प्रहरी मुख्यालयमा कार्यरत रहेको बताए। परिचयपत्र माग्दा इन्सपेक्टरको बर्दी लगाएको फोटो टाँसेको लाइसेन्स देखाए। 

सर्वसाधरणलाई पनि त्यही फोटो देखाएर उनले ठग्ने प्रयास गरेका थिए। थप सोधुपुछका क्रममा श्रेष्ठ ठगीमा संलग्न व्यक्ति भएको खुलेको महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए। ठगी मुद्दामा श्रेष्ठलाई प्रहरीले कारबाही अघि बढाएको छ। 
विगतमा पनि उनले आफु इन्सपेक्टर भएको बताएर ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ। 

प्रतिक्रिया दिनुहोस्