Logo

उपचारमा खटिएका डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग

स्तावेज, फाल्गुण ८ गते मंगलवार,०७४, काठमाण्डौं – नेपाल चिकित्सक संघले उपचारमा खटिएका डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्रकुमार सिंहमाथि भएको आक्रमणको निन्दा गर्दै कारबाहीको माग गरको हो।

‘यस्ता प्रकारका अपराधिक क्रियाकलापु यथाशीघ्र बन्द गर्दै घटनाका दोषीुलाई कडाभन्दा कडा कानूनी कारबाही नगरिएको खण्डमा नेपाल चिकित्सक संघ जस्तोसुकै कदम चाल्न पछि नपर्ने व्यहोरा जानकारी गराइन्छ,’ संघका महासचिव डा लोचन कार्कीद्दारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैगरी, चिकित्सक समाज नेपालले पनि विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा हुने गरेका आक्रमणका दोषीउपर चाँडै कारबाही नभए आन्दोलनको चेतावनीसमेत दिइएको छ। डा. सिंहमाथि आइतबार दिउँसो साढे २ बजे सांघातिक आक्रमण भएको हो। टाउको, हात लगायतमा गम्भीर चोट लागेका सिंहको हाल सोही अस्पतालमा उपचार भइरहेको छ। उनको नाथ्री फुट्नुका साथै दाँतसमेत भाँच्चिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कक्षमा बसिरहेको अवस्थामा आफूमाथि विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट, अरुण महत लगायतको टोलीले कुटपिट गरेको पीडित सिंहले बताए। 

प्रतिक्रिया दिनुहोस्