Logo

पुस्तक पसलमा आगलागी हुँदा रु ३५ लाख क्षति

स्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,सुर्खेत – सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

पसलका पुस्तक जलेर नष्ट भएपछि वितरणमा समस्या आएको पसलका प्रोपाइटर गणेशबहादुर रोकायाले दुखेसो पोखे । “जुम्लाका १६८ सामुदायिक विध्यालय सहित डोल्पा जिल्लाका तल्लो भेकका विध्यालयका लागि पुस्तक वितरणको जिम्मेवारी लिएका थियौँ, दुर्भाग्यवशः क्षति व्यहोर्नुपर्यो,” उनले भने  । उनका  अनुसार कक्षा १ देखि स्नातक तहसम्मका पाठ्यपुस्तक र पाठ्य सामग्रीमा बढी क्षति पुगेको छ । 

निजी क्षेत्रबाट रु २५ लाख र जनक शिक्षा सामग्री लिले अहिलेसम्म रु एक करोडभन्दा बढी पाठ्यपुस्तक छपाइ गरिसकेको शिक्षा विभागले जनाएको छ । अपुग भएका पाठ्यपुस्तक फेरि छपाइ गरेर भए पनि एक साताभित्र विध्यार्थीको हातहातमा पुर्याईने शिक्षा विभाग शैक्षिक सामग्री व्यवस्थापन शाखाका शाखा अधिकृत कविराज उप्रेतीले बताए  । 

  रासस 

प्रतिक्रिया दिनुहोस्