Logo

यसरी घटाउनुहोस् शरीरको माेटाेपना

स्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,काठमाण्डौं – अहिले धेरै रोगको कारक बनेको शरीरको मोटोपना घटाउन मानिसहरुले अतिरिक्त व्यायाम गरी घन्टौ पसिना बगाउनेदेखि भोकै बस्नेसम्मका उपायहरु अपनाउन थालेका छन् । खानपानमा कन्ट्रोल गर्नेदेखि विहानै दौडेर शरीरको मोटोपना घटाउन चाहनेको संख्या पनि कम छैन । तर तपाईँ/हामीमध्ये धेरै कमलाई मात्रै थाहा होला कि, दैनिक लेख्ने बानीले शरीरको तौल घट्छ भनेर । 

यदि तपाईं मोटोपनाको शिकार हुनुहुन्छ र पसिना बगाएबिनै त्यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने लेख्न थाल्नुहोस् । शोधकर्ताहरुको भनाइ छ कि जो महिला आफ्नो मनको कुरा कापीमा लेख्ने गर्छन् ती महिला त्यस्तो नगर्नेको तुलनामा धेरै छिटो आफ्नो शरीरको तौल कम गर्न सक्षम हुन्छन् । 

यो कुरा मात्र लेख्नमा सीमित छैन । जब तपाई कुनै क्रिएटिभ काममा व्यस्ता रहनुहुन्छ भने तपाईंको शरीरको तौल घट्छ । क्रिएटिभ काममा व्यस्त रहँदा एक त तपाईंलाई धेरै कम भोक लाग्छ भने अर्को कुरा तपाईं शरीरको तौल बढाउने खानेकुरा खानबाट बच्नुहुन्छ । 

लेख्ने, पढ्ने, नाच्ने, संगीत सुन्ने, पेन्टिङ गर्नेजस्ता कामले तपाईंको शरीरमा रहेको क्यालोरी घटाउँछ । यस्ता कामले तपाईको शरीरमा सकारात्मक ऊर्जा बढ्छ । जसबाट तपाईं अझ बढी मेहनती हुनुहुन्छ । मेहनत गर्ने मानिसको शरीरको तौल सहजै घट्छ । 
 

प्रतिक्रिया दिनुहोस्