Logo

बहुप्रतिक्षित चलचित्र “भैरे”को रिलिज डेट तोकियो,जेठ १८ मा प्रदर्शन गरिने

स्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,काठमाण्डौं – छायांकन अवधि देखिनै सर्वसाधारण बिच अत्यधिक चर्चा परिचर्चाको शिखरमा पुग्न सफल नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको  निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र “भैरे”को रिलिज डेट तोकिएको खबर प्राप्त भएको छ । ‘हामीले जेठ १८ लाई प्रदर्शन मिति तोकेका छौ ।‘ यहीँ मितिलाई अफिसियल मान्दा हुन्छ । जेठ १८ लाई रिलिज टार्गेट गरेर ‘भैरे’को प्रचार प्रसार पनि सुरु गर्नेछौं ।‘ उक्त कुराको जानकारी चलचित्रका निर्देशक श्री एभरेष्ट सूर्य बोहराले टेलिफोन मार्फत दस्तावेज डट कमलाई दिनुभयो । उहाँले फागुन १५ गते चलचित्र “भैरे”को पहिलो गीत सार्वजनिक गर्ने जानकारी समेत गराउनुभयो ।

 सुन्दर प्रकृतिको अनमोल संयोजनका साथै नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’ को कुल लगानी दुई करोड रहेको छ । चलचित्र ‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरूको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् ।

 यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने दावी गरिएको छ ।

निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’ को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवी माया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन : (डेनिम),सह-निर्मातामा चर्चित गायक एम बराल र रघु पुरी रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहनेछ । 

[email protected]

प्रतिक्रिया दिनुहोस्