Logo

‘मिटरब्याज’ विरुद्ध देशैभरि सिआइबीको अपरेशन जारी ,दर्जनौं व्यापारी पक्राउ

स्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – घर/जग्गा तथा सुन धितो राखेर चर्काे ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका समूह विरुद्ध सिआइबीले आइतबार देशभरि ‘अप्रेसन’ चलाएर दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ। गैरबैंकिङ कारोबार गरेको आरोपमा उनीहरुलाई सिआइबीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धेरै धरान, इटहरी तथा विराटनगर क्षेत्रका व्यवसायीहरु छन्। काठमाडौंबाट पनि केहीलाई सिआइबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा केही सुन पसलेहरु समेत छन्।

उनीहरुले चर्काे ब्याजदरमा कर्जा दिने र समयमा कर्जा नतिरेपछि घर, जग्गा नै आफ्नो नाममा ल्याउने गरेका थिए। यस्तो धन्दा बढ्दै गएको उजुरीका आधारमा अनुसन्धान गरी सिआइबीले कारबाही गरेको हो। 

बैंकले जस्तै अवैध रुपमा घरजग्गाहरु धितोमा राखेर कर्जा प्रवाह गर्दै आएकाले पक्राउ गरिएको सिआइबीले जनाएको छ। विभिन्न कम्पनी खोलेर समेत यस्तो धन्दामा संलग्न हुनेहरुलाई प्रहरीले पक्राउ गरेको छ।

श्रोत, नेपाल लाईभ 

प्रतिक्रिया दिनुहोस्