Logo

श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक

स्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं –  प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिने बताए । प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कट्टेलले मिडियामैत्री कानून निर्माण गरिने समेत आश्वासन दिए । 

 रासस

प्रतिक्रिया दिनुहोस्