Logo

यी शासक जसलाई लुगा लगाउन मात्र दुई घन्टा लाग्थ्यो

स्तावेज,फाल्गुण ५ गते, शनिवार ,काठमाण्डौं –  तपाईँलाई लुगा लगाउन कति समय लाग्छ ?  ५ या १० मिनेट ? तर विश्वमा यस्ता हस्तीहरु पनि थिए जसलाई कपडा लगाउनका लागि मात्र २ घन्टा भन्दा धेरै समय लाग्थ्यो । विश्व साम्राज्यका सम्राट नेपोलियन बोनापर्टलाई कपडा लगाउन दुई घन्टा भन्दा धेरै समय लाग्थ्यो । 

नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट भएका उनले सन् १८१५ मा फेरि दोस्रोपटक नेतृत्व गरेका थिए । उनको समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै पूरै युरोपलाई आफ्नो अधीनमा राखेका थिए । सन् १८१५ अघि प्रायः सबै लडाइँ जितेर युरोप महादेशका पूरैजसो भूभाग आफ्नो कब्जामा राखेका थिए ।

शासक नेपोलियनको लाइफस्टाइल अचम्मको थियो । उनी राजनीति र लडाइँका योजनामा जति कुशल थिए, लवाइमा पनि उत्तिकै पोख्त । त्यसैले त उनी ‘पर्फेक्टनिस्ट’का रूपमा चिनिन्छन् । उनी नुहाउन र पहिरनमा मात्रै दुई घण्टाभन्दा बढी समय खर्चिन्थे ।

बिहान ६ बजे नै उठिसक्नुपर्ने बानी भएका उनी सबैभन्दा पहिले कफी पिउँथे । त्यसपछि नुहाएर राजकीय पोसाक लगाउनमा समय खर्चिन्थे । विशेष र राम्रो पहिरन चाहिने उनी बिहानको दुई घण्टा त्यसैका लागि समय दिन्थे । बिहानको खाजा लिनुअघि ‘वाक’मा निस्किने उनको नियमित तालिका थियो । ग्यास्ट्रिकका रोगी भएकाले उनी थोरै मात्रै खाना खान्थे ।

एजेन्सी 
 

 

प्रतिक्रिया दिनुहोस्