Logo

डिभी लोटरी र ग्रिनकार्ड अन्त्य गर्ने विधेयक अमेरिकी सिनेटबाट अस्वीकृत

स्तावेज,फाल्गुण ५ गते, शनिवार ,२०७४, अमेरिका – बिहिबार अमेरिकी सिनेटमा ट्रम्प समर्थित डिभी लोटरी अन्त्य गर्ने र परिवारमा आधारित ग्रिनकार्ड अन्त्य गर्ने विधयेक पारित हुन सकेन । सिनेटमा उक्त विधेयक पक्षमा जम्मा ३९ मत र विपक्षमा ६० मत खसेको थियो । जबकी अमेरिकी कानून अनुसार विधेयक पारित हुन ६० मतको आवश्यकता पर्दछ  ।

अमेरिकी सिनेटमा पेश गरिएको विधेयकमा बाल्यकालमा अमेरिका आएका झण्डै २० लाख कागजपत्र विहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव समेत रहेको थियो । यसका साथै सिमानामा पर्खाल लगाउने र सिमा सुरक्षाको विषय पनि विधेयकमा रहेको थियो ।

बिहिबार झण्डै २० लाख कागजपत्र विहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने र सिमा सुरक्षामा कडाई गर्ने दुई दलीय अध्यागमन सम्झौता पछिको विधेयक पनि अमेरिकी सिनेटबाट अस्वीकृत भएको छ । डिभी लोटरी र चेन माइग्रेशनको विषय नसमेटिएको यो विधेयकको ट्रम्प र ह्वाइट हाउसले कडा विरोध गर्दै आएका थिए । यो विधेयकका पक्षमा सिनेटमा जम्मा ५४ मत प्राप्त भयो भने विपक्षमा ४५ मत प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्