Logo

१६ तोलाको सुनको सिक्रि लगाउँदा प्रहरी हिरासतमा

स्तावेज,फाल्गुण ५ गते, शनिवार ,२०७४, काठमाडौँ — १६ तोलाको सुनको सिक्रिसहित रसुवामा एक व्यक्ति पक्राउ परेका छन्।  गोसाईकुण्ड गाउंपालिका वडा नं. २ रसुवागढी स्थित नेपाल/चीन सीमा काभ्रे ज्यामी घर भएका पब। बहादुर सुनारलाई प्रहरीले १६ तोलाको सिक्रिसहित प्रहरी चौकि रसुवागढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेपछि उनले सो सिक्रि आफ्नो गहना भएको बताएका थिए। अनुसन्धानका क्रममा गहनाका नाममा चीनबाट सिक्रि तस्करी गरेको प्रहरीले जनाएको छ। बरामद सिक्रि करिब ८ लाख रुपैयाँ मूल्य बराबरको छ। पक्राउ परेका तामाङमाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्