Logo

हाइड्रोपावरको यस्तो छ वर्चस्व,बजारमा ३ अर्ब ८० करोडको आइपीओ आउँदै

स्तावेज,फाल्गुण ५ गते, शनिवार ,२०७४, काठमाडौँ —   हाइड्रोपावर परियोजनाहरु धमाधम बन्दै गरेको   धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुको संख्याले देखाएको छ । लगातार जसो नयाँ हाइड्रोपावर कम्पनी थपिने क्रम बढेको छ । अहिले १७ वटा कम्पनीले आइपीओ तथा एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

आइपीओ बिक्री गर्न अनुमति माग्नेमा अधिकांश हाइड्रोपावर कम्पनी नै रहेका छन् । धितोपत्र बोर्डको तथ्यांक अनुसार हाल १७ वटा कम्पनीको ३ अर्ब ८० करोड १० लाख १३ हजार १ सय रुपैयाँको ४ करोड ९४ लाख २५ हजार २९४ कित्ता आइपीओ पाइपलाइनमा छ । यसमध्ये एनएमबि बैंकको एफपीओ पनि छ ।

आइपीओ पाइपलाइनमा रहेकामध्ये १५ वटा कम्पनी जलविध्युत समूहका छन् भने बाँकी एउटा बैंक र एउटा लघुवित्त रहेका छन् । एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ जारी गर्न बोर्डमा निवेदन दिएको हो । यस्तै, १० वटा जलविद्युत कम्पनीले स्थानीयलाई सेयर बिक्री गर्न आवेदन दिएका हुन् । स्थानीयलाई सेयर बेचेपछि यी कम्पनीहरुले फेरि सर्वसाधारणमा आइपीओ जारी गर्नेछन् ।

उता, अपर तामाकोशी हाइड्रोपावरले भने एकैसाथ स्थानीय र सर्वसाधारणलाई नै आइपीओ बिक्री गर्न लागेको छ । अपर तामाकोशी हाइड्रोपावरको सेयर चैत महिना भित्रै ल्याउने तयारी भइरहेको छ । अपर तामाकोशीले सबैभन्दा धेरै २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । मैलुङ खोला जलविध्युत कम्पनीले पनि सर्वसाधारणमा ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्न अनुमति मागेको छ ।

यस्तै, माउन्टेन हाइड्रो लिमिटेडले स्थानीयलाई १२ लाख ५० हजार कित्ता आइपीओ ल्याउन पाइपलाइनमा बसेको छ । सीइडीबी हाइड्रो फन्डले २२ लाख ८९ हजार ३ सय कित्ता सेयर अनुमति मागेको छ । यसैगरी नेपाल सेवा लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओका लागि अनुमति मागेको छ । तर बोर्डले प्रतिकित्ता कति रुपैयाँका दरले एफपीओ ल्याउन स्वीकृति दिन्छ भन्ने निश्चित भएको छैन । 

 
प्रतिक्रिया दिनुहोस्