Logo

जन्म मितिबारे विवादमा मुछिए प्रधान न्यायाधीश,निष्पक्ष छानबिन माग

स्तावेज, माघ २८ गते ,आईतवार २०७४,  काठमाडौं — प्रधान न्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता पनि विवादित भएको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीले शनिबार पत्रकार सम्मेलन गरी पराजुलीले प्रतिलिपि नागरिकता लिने क्रममा प्रक्रिया र पद्धति मिचिएको भन्दै त्यसबारे निष्पक्ष छानबिन माग गरेका छन् ।

 डा. केसी विपक्षी रहेको ‘अदालत अवहेलना’ मुद्दा सुनुवाइका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरू झिकाएको थियो । त्यसै क्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सर्वोच्चमा पठाइएको नागरिकतासँग सम्बन्धित कागजातमा समेत विवादित तथ्य भेटिएको हो ।
 
सर्वोच्च अदालत स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको मिसिल अनुसार २०६७ कात्तिक २५ गते तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीले ‘नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पाऊँ’ भनी काठमाडौं जिल्ला प्रशासनमा निवेदन दिएका थिए । उनले शिवपुर गाविस–६, तनहुँ जन्मस्थान उल्लेख गरी प्रतिलिपि माग गरेका थिए ।
 
नागरिकता प्रमाणपत्र नम्बर १८०३/४४१ उल्लेख गरी २०३० भदौ २१ मा जारी प्रमाणपत्रको प्रतिलिपि माग गर्ने क्रममा उनले निवेदनमा आफ्नो जन्ममिति २०१० साल वैशाख १६ उल्लेख गरेका छन् । कान्तिपुरलाई प्राप्त निवेदनको प्रतिलिपिमा छ, ‘माथि लेखिएको विवरण मैले जिल्ला प्रशासन कार्यालयबाट लिएको नम्बर १८०३ को नागरिकता प्रमाणपत्रको व्यहोरासँग दुरुस्त छ । फरक छैन । लेखिएको व्यहोरा झूटा ठहरिए कानुनबमोजिम सहुँला/बुझाउँला ।’
 
उनको निवेदनलाई समर्थन गर्दै आन्तरिक राजस्व विभागका तत्कालीन उपन्यायाधिवक्ता सूर्यनाथ प्रकाश अधिकारीले उक्त व्यहोरा सही छ भनी नागरिकताको प्रतिलिपि दिन सिफारिस गरेका छन् ।
 
    कान्तिपुर 
 
 
प्रतिक्रिया दिनुहोस्