Logo

एआईजी बढुवाविरुद्ध उजुरी दिन बहालवाला इन्सपेक्टर नै अदालतमा

स्तावेज,माघ २३ गते, मंगलबार २०७४,काठमाडौँ –  सशस्त्र प्रहरीको एआईजीको बढुवाविरुद्ध एक बहालवाला इन्सपेक्टर नै अदालत गएका छन्। सुर्खेतस्थित बाहिनीमा कार्यरत इन्सपेक्टर मेख बहादुर ओलीले बढुवा रद्द गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका हुन्। 

संगठनमा अनाबश्यक रुपमा एआईजी दरबन्दी थपिएको र कामचलाउ सरकारले बढुवा गरेको भन्दै उनले बढुवा खारेज गर्न माग गरेका हुन्। ओली अवकाशको मुखमा रहेका इन्सपेक्टर हुन्। 

सशस्त्र प्रहरीमा ५ एआईजीको दरबन्दी थप गरी बढुवा गरिएको थियो। दरबन्दी थपविरुद्ध सर्वाेच्चमा दुई साताअघि अर्काे रिट दायर भएको थियो। दुवै रिटको फैसला भएको छैन। यसरी एआईजी बढुवाविरुद्ध संगठनकै अधिकारीले अदालतमा रिट हालेको यो पहिलो घटना भएको सशस्त्र प्रहरीका अधिकारीहरु बताउँछन्। 

गत साता सरकारले जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा  गरेको थियो। 
 

प्रतिक्रिया दिनुहोस्