Logo

सन्दर्भ क्यान्सर दिवस – कस्ता मानिस हुन्छन् क्यान्सरको उच्च जोखिममा?

स्तावेज,माघ २१ गते आईतवार,२०७४,काठमाडौं – क्यान्सर रोगको जोखिम दिनानुदिन बढिरहेको छ। समयमै पहिचान गर्न सके निको हुने भएपनि बिरामीहरु ढिलो अस्पताल पुग्ने भएकाले समयमै क्यान्सरका बिरामी बढिरहेका छन्।  बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु क्यान्सरको उच्च जोखिममा रहने गर्छन्।

के हो क्यान्सर ?            

मानव शरीरमा दुई सयभन्दा बढी विभिन्न प्रकारका कोषिका हुन्छन्। यसरी हाम्रो शरीरमा भएका यस्ता कोषिकाहरु अनियन्त्रित रुपमा बढेर शरीरमा गिर्खा बन्नु नै क्यान्सर हो।  

कस्ता मानिस हुन्छन् क्यान्सरको जोखिममा ?

क्यान्सर लाग्ने मुख्य कारण सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ । सुर्तीजन्य वस्तुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सोमा क्यान्सरको जोखिम बढी हुन्छ। शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म निको भएन भने त्यसले पनि पछि क्यान्सरको रूप लिन सक्छ। अनियमित जीवनशैली, रक्सीको अत्यधिक सेवन र वंशानुगत कारणले पनि क्यान्सर रोग लाग्छ।

पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्य कारण वातावरण प्रदूषण समेत हो। यसबाहेक फलफूल, तरकारी लगायतका खाध्यान्नमा मा अत्यधिक मात्रामा विषादीको प्रयोग, धुलोधुँवा, असन्तुलित आहार, जनचेतनाका कमी लगायतका कारण नेपालमा क्यान्सरको जोखिम बढ्दो छ।

क्यान्सर हिजो र आज

केही वर्षअघि क्यान्सर थोरैलाई मात्र देखिने गर्थ्याे। तर पछिल्लाे समय जीवनशैली तथा खानपानले गर्दा कम उमेरमै धेरै मानिसलाई क्यान्सर देखिने गरेको छ।

क्यान्सर भएर पनि अस्पताल नआउने र नेपालमा क्यान्सर पत्ता लगाउने अाधुनिक उपकरण नभएकाले पनि क्यान्सरका बिरामी कम देखिने गरिएको हो।

क्यान्सरबाट बच्न कस्तो जीवनशैली अपनाउने ?

सुर्तीजन्य पदार्थबाट टाढै रहने  : क्यान्सर हुने कारणमध्ये ८० प्रतिशत सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ। त्यसैले सुर्तीजन्य वस्तुको सेवनबाट टाढै रहनु पर्छ। सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको  र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ।

नियमित व्ययाम : 

मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नु पर्छ। मोटोपनको कारण महिलाहरुमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ।

सन्तुलित खानेकुरा : 

क्यान्सरबाट बच्चका लागि सन्तुलित खानेकुरा खानु पर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ। सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानु हुँदैन। रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ। स्वाद बढाउनका लागि हानिकारक वस्तु प्रयोग गरिएको हुन्छ।  यसका साथै विकिरणहरुबाट समेत टाढा बस्नुपर्छ। कडाखालको घाममा समेत बस्नु हुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।

के हुन् क्यान्सरका लक्षण? 

विनाकारण वजन घट्नु।

निको नहुने पुरानो घाउ हुनु।

हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु।

कोठीको रंग र आकारमा परिर्वतन देखा पर्नु।

दिसा या दिसा गर्ने बानीमा फरक आउनु।

कुनैपनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु।

खाना निल्न गाह्रो हुनु या अपच हुनु।

स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु।    

 

   थाहा खवर    

प्रतिक्रिया दिनुहोस्