Logo

पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’भएको ठहर

स्तावेज,माघ २१ गते आईतवार,२०७४,बेइजिङ- चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचार मध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता भएका ९२ समाचारलाई ‘झुटा विवरण’ भनी प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ।  अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेको संगठनले उल्लेख गरेको छ। 

संगठनले केही समाचार विषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ।  समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार संगठनले जनाएको छ। 

संगठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रसारण नियन्त्रणमा योगदान गर्ने विश्वास लिएकोे बताएको छ। संगठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा उत्कृष्ट (ठूला) पुरस्कार मानिन्छ। 

 सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्