Logo

म्याग्दी लायन्स क्लबको बनभोज कार्यक्रम सम्पन्न

स्तावेज संवाददाता, माघ १७ गते मंगलबार, २०७४,काठमाण्डौं – यही माघ १७ गते म्याग्दी लायन्स क्लबद्धारा काठमाण्डौंको टोखामा आयोजित बनभोज कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । ४१ जना सदस्य संख्या रहेको उक्त क्लबमा ४० जना सदस्यको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आजभन्दा १७ बर्ष अगाडि सन २००० मा विधिवत् स्थापना गरिएको म्याग्दी लायन्स क्लबको संस्थापक अध्यक्ष भूगोल शेरचन हुनुहुन्छ भने निबर्तमान अध्यक्ष देवीराम शेरचन तथा वर्तमान अध्यक्ष शंकर गौचन रहनुभएको छ । अर्को निबर्तमान अध्यक्ष बिना श्रेष्ठ हुनुहुन्छ भने उपाध्यक्षमा बलबहादुर पुन रहनुभएको छ । कोषाध्यक्ष शेर बहादुर शेरचन रहनुभएको उक्त क्लबले समय समयमा विभिन्न रचनात्मक सामाजिक कार्यहरू गर्दै आएको छ । 

आँखा शिविर,ब्लड डोनेशन कार्यक्रम,अनाथ बच्चा,बृद्धाश्रम तथा बिरामीहरूलाई सहयोग गर्नुका साथै मन्दिर,बाटो,टोल,सरसफाइ,स्कुलका विध्यार्थीलाई झोला तथा कापी कलम वितरण एवं दैवि प्रकोप परेकालाई प्रभावित क्षेत्रमा गएर राहत सहयोग उपलब्ध गराउँदै आएको छ । म्याग्दी लायन्स क्लबको उद्देश्य क्लबको माध्यमद्दारा समुदायमा सामाजिक सचेतना जगाउने एवं भविष्यमा क्लबलाई विभिन्न क्षेत्रमा प्रभावकारी बनाई सामाजिक कार्यमा अग्रसर गराउने यस क्लबका अध्यक्ष शंकर गौचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्