Logo

त्रिवेणी मेलामा सिन्धुलीको दुधौली नगरपालिकाले किन गर्‍यो हस्तक्षेप ?

स्तावेज, माघ ५ गते शुक्रवार,२०७४,उदयपुर – परापूर्व कालदेखि लाग्दै आएको उदयपुरको त्रिवेणी मेला  तयारी गरिएको छ । सिन्धुली र उदयपुरको सीमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मेलाको तयारी गरिएको हो।

१ माघदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेलाको रूपमा पूर्वी नेपालमै परिचित छ । उदयपुरको कटारीमा लाग्दै आएको त्रिवेणी मेलामा,सिन्धुलीको दुधौली नगरपालिकाले आम्दानीको स्रोत बनाउनको लागि हस्तक्षेप गर्न तयारी गरेको स्थानीयको आरोप छ।उदयपुरको खोक्सा नदीको बगरमा पर्ने त्रिवेणीधाममा मेला लगाउनुपर्ने हो । तर  दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले नगरको आम्दानी बढाउनका लागि भन्दै धार्मिक महत्वमाथि हस्तक्षेप गरी यसपालिको मेला ‘दुवै खोला वारि र पारि आयोजना गरिने बताय..परापुर्बकाल देखि उदयपुरको खोक्सा नदीको बगरमा पर्ने त्रिवेणीधाममा मेला कटारीकै क्षेत्रमा आयोजना हुँदै आएको छ  ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले आम्दानीको लागि,दुवै जिल्लाको संगमस्थलमा भयको खोलामा मेला लाग्ने भएको हुदा दुधौली नगरपालिकाले  वारीपारी गरेर मेला लगाउन लागेको बताए , उनले भने गरेर मेलाको महत्व नै घट्यो।’ कटारी नगरपालिका प्रमुख ज्ञानेद्र श्रेष्ठले वर्षौंदेखि कटारी नगरपालिकाले आयोजना गर्दै आएको मेला यसवर्ष ५ लाखमा ठेक्का लगाएको बताए तर दुवैतिर मेला लगाउने भनेको सुनेर आफू अचम्ममा परेका उनले भने त्रिवेणी धामको महत्व बुझिएन ।

 वर्षौंदेखि कटारी नगरपालिका २ कै खोक्सा बगरमा मेला लाग्दै आएको त्रिवेणी मेला दुवैतिर आयोजना गरिने भएपछि दुवैतिरका स्थानीय असन्तुष्ट बनेका छन् । आम्दानी बढाउनका लागि दुधौली नपाले धार्मिक महत्वमाथि हस्तक्षेप गर्‍यो । त्रिवेणीघाटमा १ माघमा मकर नुहाउनेको भीड लाग्दै आएको छ। तावा , ककरु र कमला नदीको संगमस्थल त्रिवेणीघाट आई पूजा आराधना तथा मकर नुहाउनाले चिताएको पुग्ने जनविश्वास छ। यस मेलामा प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ का अलावा भारतबाट समेत तीर्थालुहरू आउने प्रचलन छ। 

देशमा भएको सशस्त्र द्वन्दभन्दा पहिलादेखि नै यस ठाउँमा मेला लाग्दै आएको हो । सडक सञ्जाल जोडिनुपूर्व पहाडी जिल्ला ओखलढुंगा, खोटाङ,सोलुखुम्बुका स्थानीयहरूले यो मेलाबाट आवश्यक लत्ता कपडा, नुन, मरमसला खरिद गर्ने गरेको तथा पहाडका भोटे कुकुर, अन्य उत्पादनको विनिमयको रूपमा मेला चर्चित हुने गरेको बुढापाकाको अनुभव छ । पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने मेलाको यो वर्षको मेला चाही विवाद भएको ले आकर्षण भने घट्ने हो कि भनी स्थानीय सर्वसाधारण ले बताए ,

मेलामा मकर स्‍नान गरी भाकल गरे अनुसारको पशुपक्षी बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने आमजनविश्वास छ।मेलाको आकर्षणको रूपमा सोलखुम्बुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे  भोटे कुकुर, ओखलढुंगाको राडीपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेचलाई लिने गरिएको मेला आयोजक समितिले जनाएको छ। 

     अश्वीन खडका,

       उदयपुर…..

प्रतिक्रिया दिनुहोस्