Logo

हप्तै पिच्छे देश छाड्दै नर्सहरु

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं —मासिक चालिस हजारभन्दा बढी तलव बुझिरहेकी त्रिवि शिक्षण अस्पतालकी स्थायी नर्स उर्मिला गुभाजु राजिनामा दिएर हालै क्यानडा पुगिन्। उनकै जति सुविधा लिइरहेकी कुसुम श्रेष्ठ पनि अस्ट्रेलिया उडिन्।

स्वेशमा सेवा सुविधा र भविस्य नदेखे पछि विदेश पलायन हुने नर्सको संख्या बढ्दै गरेको खबर आजको अन्नपूर्ण दैनिकमा छ। शिक्षण अस्पतालमै राजिनामा दिने नर्सहरुको संख्या बढ्दो छ। २०७४ भदौ १४ गतेदेखि संसिर २९सम्म २६ जना स्टाफ नर्सले शिक्षण अस्पतालबाट राजिनामा दिएका छन् ।

पाँच बर्ष यता पलायन हुने नर्सको संख्या बढीरहेको छ। उनीहरु राजिनामा दिएर क्यानडा, बेलायत, अस्ट्रेलिया जाने गरेका छन्। शिक्षण अस्पतालमा २०७२ सालमा ५७ जना, ०७३ मा ६९ जना र ०७४ मा अहिलेसम्म ४५ जनाले राजिनामा दिएको अस्पताल स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्